Logo
Logo

प्रचण्डको नेतृत्वमा समाजवादी यात्रा सुरु भइसक्यो : मन्त्री किराती


945
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा समाजवादी यात्रा सुरु भइसकेको दाबी गरेका छन् ।

सोमबार बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपालमा समाजवादी यात्रा सुरु भएको दाबी गरेका हुन् ।

उनले नेपाली समाजको समाजवाद कस्तो हुने ? भन्ने कुराको थप अध्ययन गर्न पनि आवश्यक रहेको बताए । नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैंले गर्नुपर्नेमा उनले जोड दिए ।

‘नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान हामीले गर्नैपर्छ । नेपाली समाजलाई समाजवादमा पुर्याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो’, उनले भने, ‘त्यसको थालनी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ ।’

भ्रष्टाचार अन्त्यको अभियानले नै समाजको बाटो तय गरेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्