काठमाडौं, ६ पुस ।
नेपाल प्रहरीको विशेष ब्यूरोले नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाको कार्यालयमा छापा मारेको छ ।

आइतबार काठमाडौंको बूढानिलकण्ठस्थित नेकपाको कार्यालयमा छापा मारी प्रहरीले बम बनाउँदै गरेको अवस्थामा युवा संगठनका केन्द्रीय सचिव संजीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकील घर्तीमगर, सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र दुर्गाबहादुर तामाङलाई पक्राउ गरेको हो ।
सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।












