काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षीबाट तीन दिनसम्म संसद् अवरोध किन गरियो भन्ने बुझ्न नसकेको बताएका छन् ।

सोमबारे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा दिइएको अभिव्यक्तिबारे पहिले नै स्पष्टीकरण दिन पाउनुपर्ने माग राखेको बताए । तर, आफूलाई व्याख्या, विश्लेषण दिने अवसर नै नदिई राजीनामा मागिएकोबारे उनले आपत्ति जनाए ।
‘तीन दिनसम्म किन संसद् अवरोध गरियो, मैले बुझ्न सकेको छैन’, उनले भने । प्रतिपक्षीले राजीनामा माग्दैमा राजीनामा दिनुपर्ने हो र भन्दै उनले प्रश्न गरे । ‘गम्भीर प्रश्न उठेपछि मैले पहिला बोल्ने अवसर माग गरको थिएँ । म त सुरु देखि स्पस्ट पार्न तयार भएको थिएँ , तर किन संसद अवरुद्ध गर्नुभयो ? । स्पष्टीकरणको मौका पनि नदिई राजीनामा माग्ने ? यहि हो संसदीय अभ्यास ?’ उनले भने ।










