काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू लामो समयसम्म प्रधानमन्त्री हुन्छु भन्ने नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वमा कयौँ नेताहरु, प्रधानमन्त्रीहरु १२ दिन, १३, दिन, १० दिन भएको पनि पढ्थिए त्यतिबेला । हामी पनि ६ महिना, ९ महिना भएको पनि श्रृंखलाबद्ध अनुभव त छँदैछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसकारण अब म धेरै बर्षलाई प्रधानमन्त्री हुन्छु भन्ने त्यतिबेला पनि थिएन । अहिले पनि म लामो प्रधानमन्त्री हुन्छु भन्न मलाई छैन ।’
उनले आफु प्रधानमन्त्रीमा जतिदिनसम्म रहने पनि राष्ट्र र जनताको पक्षमा काम गर्ने बताए । ‘म जतिदिनसम्म प्रधानमन्त्री हुन्छु यो पटक राष्ट्र र जनताको पक्षमा काम गरेरै देखाउनुपर्छ भन्नेबाहेक म संग केही पनि छैन । मैले अब के गर्नु छ ? मैले अब गर्नुपर्ने बाँकी के नै छ र मेरो ?’, उनले प्रश्न गरे ।










