Logo
Logo

राजेन्द्रलाई प्रधानमन्त्रीको जवाफ- ‘तपाईंले माग्दैमा राजीनामा दिन्नँ’


2.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षीले नौतिकताको आधारमा राजीनामा माग्दैमा दिइनहाल्ने बताएका छन् ।

आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नौतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।

उनले भनेका थिए– ‘बाबुराम भट्टराईले सरकारबाट निस्केर चाबी बाहिर रहेछ भन्नुभयो । अहिले बहालवाला प्रधानमन्त्रीले पटकपटक दिल्ली गएर मलाई प्रधानमन्त्री बनाउन प्रयास भयो भन्नु सानो कुरा होइन, प्रधानमन्त्रीसँग अलिकति पनि नैतिकता छ भने राजीनामा दिनुपर्छ ।’

अध्यक्ष लिङ्देनलाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अरुले राजीनामा माग्दैमा दिइनहाल्ने बताएका हुन् । आफ्नो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि प्रधानमन्त्रीको पदमा नबस्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने- नौतिकताको कुरा भन्नुभयो ठिक छ । नौतिकताको आधारमा कसले कति गर्यो भनेर विगत हेर्नु भयो भने देखिहाल्नुहुन्छ । मान्य, राजेन्द्रजीको दुई कार्यकाल भयो क्यारे, पहिला दुई-दुई पटक मैले प्रधानमन्त्रीबाट राजीनामा दिँदा तपाईंले पढ्नु भएको छ, मैले कस्तो परिस्थितिमा राजीनामा दिए ? मैले के आधारमा दिए ? नौतिकता कसले देखायो यो देशमा ? कसले देखाएन त्यसको विवेचना गर्न अनुरोध गर्न चाहन्छु । दुवै पटक मैले नौतिकताको धरातलमा टेकेर नै प्रधानमन्त्री छाडेका हुँ । तपाईंले भनेर त म गर्न सक्दिनँ । मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ ।

प्रतिक्रिया दिनुहोस्