
काठमाडौं । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा थप दुईजना कर्मचारी पक्राउ परेका छन् ।
उक्त प्रकरणको अनुसन्धान गरिरहेकाे सुरक्षा निकाय सिआइबीले आज (मंगलबार) योगराज पौडेल र नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो ।
उनीहरू ०४९ सालमा एक सय १२ रोपनी जग्गा हिनामिनामा संलग्न रहेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए । यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।










