Logo
Logo

कोसी सरकारविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’मा


1.4k
Shares

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्च आदलतमा परेको रिट आज पनि हेर्न नभ्याइने भएको छ । आज(मंगलबार) का लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको हो ।

कोसीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै दायर गरेको उक्त रिट यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको हो ।

कोसीका प्रदेश प्रमुख परशुराम खार्पुङले गत बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि निवर्तमान मुख्यमन्त्री कार्कीले वारेसमार्फत रिट दर्ता गराएका थिए ।

रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्