काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसार पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ परेका हुन् ।

सीआईबीको अनुसार अनुसार यस प्रकरणमा केही पूर्वसचिव, बहालवाला सचिव र पूर्वमन्त्री समेत संलग्न भएको प्रमाण प्रहरीले फेला पारेको छ।
ललिता निवास जग्गा प्रकरणमा संलग्न ४ सय ६ विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै मुलुकको उच्च पदमा रहेका व्यक्ति पनि समातिन थालेका हुन् ।
असार १२ यता ललिता निवास प्रकरणमा १४ जना पक्राउ परेका छन् । जसमा ११ हिरासतमा छन् भने ३ जना छुटेका छन्।














