Logo
Logo

माओवादीका मन्त्री मोदी सरकारबाट फिर्ता हुँदै


31.6k
Shares

काठमाडौं । जनमत पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पुनः सहभागी हुने भएको छ । प्रचण्डकै आग्रहमा जनमतले मन्त्री बनाउन सांसद अनिता देवीको नाम पठाएको छ ।

कुन मन्त्रालय दिने भन्नेचाहिँ तय भइसकेको छैन । प्रधानमन्त्रीले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएर त्यहाँ जनमतलाई पठाउने तयारी गरेकाे स्राेतले बतायाे । तर जनमतले भने विकासे मन्त्रालय मागेको छ ।

यसअघि जनमतले सरकारमा अब्दुल खानलाई मन्त्री बनाएर पठाएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको जनमतलाई खानेपानी मन्त्रालय जिम्मा लगाएपछि पार्टी असन्तुष्ट बनेर सरकार छाडेको थियो ।

प्रतिनिधिसभामा ६ सांसद रहेको जनमत सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्