Logo
Logo

ओली भन्छन् : एमालेले ७० वर्षे राखोस् कि हटाओस्, अरुलाई के मतलब ?


1.3k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद हटाउने विषय अरुको मतलबको विषय नभएको बताएका छन् ।

एमाले वागमती प्रदेश कमिटीको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष ओलीले एमालेले ७० वर्षे उमेरहद हटाओस् कि ४० राखोस् अरूको मलतबको विषय नभएको बताएका हुन् ।

‘पछिललो केहि दिनदेखि एमालेले ७० वर्ष हटायो भनेर हाम्रा विरोधीहरूको रुवावासी छ । तिनलाई के चासो ? ७० हटाओस् कि ७५ राखोस् कि ६० राखोस् कि ४० राखोस्, तिनलाई के मतलब ?,’ उनले भने ।

अन्य दलहरुले उमेरहद नै नराख्दा पनि भइरहेको उनको भनाई थियो । ‘कांग्रेसले उमेरै राखेकै छैन । त्यहाँ ८० वर्षको नेता हुँदा पनि ठीकै छ,’ उनले भने, यहाँ त तिनीहरूलाई खालि एमालेकै विरोध गर्नुछ । शेरबहादुरजी ८० वर्ष जति हुनुहुन्छ, र पनि ठिकै छ । केपी ओलीलाई मात्र ताकेका छन् ।’

उमेरहदको विषय उठाउनु अराजनीतिक तर्क भएको र ओलीले त्यस्तासँग आफू राजनीतिक म्याराथनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।

‘कहिलेकाहीँ त्यस्ता अराजनीतिक कुरा गर्नेलाई म्याराथन दौडका लागि निम्तो गरौं कि जस्तो लाग्छ, आऊन् न म्याराथन दौडमा दौडिएको हेर्न,’ उनले भने, ‘उमेर कुनै वैज्ञानिक कुरा होइन, कसैले राखेको पनि छैन । जसले राखेको थियो तिनले हटाइसके । सबैभन्दा पहिले उमेरहद राख्ने साइप्रसको पार्टीले पनि हटाइसक्यो अनि हामीले मात्रै राख्नुपर्ने ?’

प्रतिक्रिया दिनुहोस्