Logo
Logo

प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिक पुगे शीर्ष नेता र उच्च अधिकारीहरू


4k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता तथा सुरक्षा निकायका प्रमुखहरू पुग्ने क्रम बढेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारलाई समवेदना व्यक्त गर्न नेताहरू अस्पताल पुगेका हुन् ।

त्यस्तै प्रधानसेनापति प्रभुराम शर्मा, मन्त्री रञ्जिता श्रेष्ठ, रास्वपाका सभापति रवि लामिछाने, स्वास्थयमन्त्री मोहन बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, सञ्चारमन्त्री रेखा शर्मा लगायत उच्च पदस्थ अधिकारीहरु अस्पताल पुगेका छन् ।

यसैबीच आज निर्धारित कांग्रेस केन्द्रीय कार्य समिति बैठक पनि अन्योलमा परेको छ । बैठक स्थगित गर्नेबारे आफूहरू छलफलमा रहेको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्