Logo
Logo

पारिवारिक वियोगमा प्रचण्ड- पत्नीसहित तीन सदस्य गुमाए


10k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज फेरी अर्को पारिवारिक वियोग परेको छ ।

नेपालको राजनीतिमा द्वन्द्वबाट सम्झौता हुँदै शान्ति प्रकृयाबाट नेपाली राजनितीमा उदाएका प्रचण्ड अधिकांश समय निर्णायक रहेका छन् । हाल देशको प्रधानमन्त्री रहेका प्रचण्डले अहिले तेस्रो पारिवारिक वियोग परेका छन् । यसअघि छोरी र छोरा गुमाइसकेका प्रचण्डले आज पत्नी गुमाएका छन् ।

प्रचण्ड पत्नी सीताको आज (बुधबार) बिहान ८ बजेर ३३ मिनेट जाँदा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

दाहाललाई पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगले लामो समयदेखि सताएको थियो । दाहाललाई देखिएको जटिल रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । लामो समयदेखि उक्त रोगको संकेत देखिए पनि सीतालाई २०७४ सालमा छोरा प्रकाशको निधन भएपछि रोगले झन् च्यापेको थियो । पटक–पटक उपचारका लागि विदेश नै लगिए पनि सीता रोगमुक्त हुन सकेकी थिइनन् ।

२०७० साल चैत १३ गते जेठी छोरी ज्ञानु केसीको निधन भएको थियो । स्तन क्यान्सरबाट पीडित केसीको काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । उनी १० वर्ष लामो स्तन क्यान्सरले पीडित थिइन्। उनलाई भारत र अमेरिका लगेर गरिएको उपचारले समेत निको नभएपछि अन्तिम समयमा नेपालमै उपचार गरिएको थियो ।

त्यस्तै प्रचण्डले अर्को पारिवारिक वियोग भोगे २०७४ मंसिर ३ गते । मुलुक निर्वाचनको संघारमा रहेको बेला प्रचण्ड पुत्र प्रकाश दाहालको असामयिक निधन भएको थियो ।उनको हृदयाघातबाट राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो ।

स्वर्गीय सीता दाहालको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि आज ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्