Logo
Logo

प्रधानमन्त्रीको शनिबारसम्मका सबै कार्यक्रम स्थगित


4.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असार शनिबारसम्मका लागि तय भएका सबै कार्यक्रम स्थगित गरिएको छ । श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन् ।

प्रधमानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जानकारी दिएको छ ।

लामो समयदेखि बिरामी रहेका प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्