Logo
Logo

यी हुन् ललिता निवास प्रकरणमा पक्राउ परेका १७ आरोपी


6k
Shares

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर (सिडिई) बालकृष्ण श्रेष्ठ, समरजङ्ग कम्पनीका सह–लेखापाल विनोद पौडेल, भाटभटेनीका मालिक मीनबहादुर विशवकर्मा लगायत पक्राउ पर्नेको संख्या १७ पुगेको हो ।

पक्राउ पर्ने डरले गत साउन महिना मै सर्वोच्च अदालतबाट स्टे अर्डर लिएका तीन जना भने हाजिरीमा छुटेका छन् ।

काे-काे पक्राउ परे ?

१. मीन बहादुर गुरुङ – भाटभटेनी सुपर मार्केटका सञ्चालक

२. सुधीर कुमार शाह – पूर्व निर्वाचन आयुक्त ।

३. धर्म प्रसाद गौतम– शाखा अधिकृत

४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार

५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव

६. घमान कुमारी कार्की– नापी सर्वेक्षक

७.बाबुराजा महर्जन– नक्कली मोही

८.रमेश कुमार पोखरेल– समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख

९. देव नारायण महर्जन– मोही

१०.लोकहरी घिमिरे – समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख

११. ध्रुब प्रसाद अर्याल– नापी सर्वेक्षक

१२. कृष्ण बहादुर राउत– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव

१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत

१४. नारायणदास मिश्र– पूर्व खरिदार डिल्लीबजार मालपोत

१५. रुद्र प्रसाद श्रेष्ठ– महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग ।

१६. बालकृष्ण श्रेष्ठ– सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय ।

१७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी

स्टे अर्डरमा छुटेका ।

१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।

२. सुरेन्द्रमान कपाली, अधिकृत ।

३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत ।

प्रतिक्रिया दिनुहोस्