Logo
Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ




काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केशब तुलाधरलाई पक्राउ गरेको हो ।


उनीविरुद्ध यसअघि नै मुद्दा दायर भएपनि उनी फरार रहँदै आएका थिए । ठगीको क्रममा उनको खाता प्रयोग भएको थियो । उनलाई नयाँबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्