काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खटाइएको ठाउँमा नजाने कर्मचारीका सम्बन्धमा आफू आक्रामक रूपमा प्रस्तुत भएको बताएका छन् ।

मन्त्री बस्नेततले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे बिहीबार राष्ट्रियसभा बैठकमा स्पष्टीकरण दिएका हुन् ।
‘पटक–पटक जनताको सेवाका लागि सरुवा गरिएको स्थानमा जानभन्दा एकजनाले नजाने, बरु मन्त्रालयमा झुन्डिएर मर्ने धम्की दिएछन् । केही नलागेपछि अन्तिममा आएर झुन्डिएर मर्छु भन्दाखेरि पठाइदेऊ न त मकहाँ झुन्डिन मैले भनेकै हो,’ उनले भने ।










