
काठमाडौं । सुनसरी र मोरङमा अहिले भारी वर्षा भइरहेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुनसरी खोला, लोहन्द्रा खोला, चिसाङखोलालगायत आसपासका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुवान हुनसक्ने भन्दै महाशाखाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अतिभारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अतिउच्च सतर्कता अपनाऔँ,’ महाशाखाद्धारा जारी सूचनामा भनिएको छ ।
असार २९ बिहान ६बजे
पछिल्लो ३घण्टा सुनसरीको ईटहरी,मोरङको लेटाङ,हरैचा आसपास #अतिभारी बर्षा भएको र थप हुने,#बुढीखोला, #खेसलिया, #सुनसरी खोला,#लोहन्द्रा लगायत #सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुवानको उच्च जोखिम, बिहान ११ बजे सम्म #अतिउच्च सतर्कता अपनाऔ pic.twitter.com/AdR4Am8Fc5— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 14, 2023











