Logo
Logo

कांकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दासढुंगामा दुर्घटना


12.9k
Shares

काठमाडौं । चितवनको दासढुंगामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान सवा ५ बजे नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ दासढुंगामा दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर पल्टिएको थियो । बस रुखमा अड्किएर त्रिशुलीमा खस्नबाट जोगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेज भरतपुर र ८ जनाको जिल्ला सरकारी अस्पतालमा उपचार भइरहेको छ भने एक जना घाइतेलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । बसमा सवार ४० यात्रुमध्ये २१ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्