Logo
Logo

मिटरब्याजसम्बन्धी विधेयक सदनमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरव्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति लामिछानेले मिटरव्याजबाट पीडित नागरिकको पक्षमा आफुरहेको भन्दै मिटरव्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

शुन्यमा गएको उक्त बिधेयकलाई व्युँताएर आगामी बैठकमा कार्यसूचीमा नराखे रास्वपा सदन चल्न नदिने पक्षमा उभिने उनले बताए । मिटरव्याजसम्बन्धी प्रतिस्थापन बिधेयकलाई फास्ट ट्रयाकमा पारित गर्नका लागि रास्वपा तयार रहेको उनको भनाइ छ ।
लामिछानेले सत्तापक्षका केहि दलहरुका कारण मिटरव्याजसम्बन्धी कानूनलाई रोक्न खोजिएको चर्चा चलिएको भन्दै यसको पक्षमा र बिपक्षमा को छन् भन्ने बुझ्नुपर्ने जिकिर गरे ।

सरकारले ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश अन्तिम समयमा सदनमा पेश गरिएको थियो । तर सदन अवरुद्ध हुँदा उक्त अध्यादेश निष्कृय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्