Logo
Logo

विवादास्पद जवानका कारण प्रहरी संगठन नै बदनाम




काठमाडौं । गम्भीर किमिसका घटनामा पनि सामान्य कारबाही मात्र गरेर उन्मुक्ति दिइएका प्रहरी जवानका कारण यतीबेला सिंगो संगठन नै बदनाम भएको छ ।


जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत जवान अन्नुकुमार राय यस्ता प्रहरी हुन् जसलाई पछिल्लो दुई वर्षमा चार पटक कारबाही गरिएको छ । हाल आफुलाई हत्कडी लगाएर यातना दिएको भन्दै भिडियो सार्वजनिक गरेर उनले नै इन्सपेक्टरलाई कारबाही गराउने प्रयास गरिरहेका छन् ।


तर, जवान राय रक्सी चोरी लगायत काण्डैकाण्डमा परेका प्रहरी भएको खुलेको छ । रक्सी चोरीको काण्डमा २०७८ को २६ जेठमा उनी निलम्बनमा परे । साउनमा दुई तलब बृद्धि घटुवा भयो । त्यसैको कात्तिकमा उनलाई नसियद समेत दिइएको थियो ।
आफुलाई धेरै समय डिउटीमा लगाएको भन्दै उनले इन्सपेक्टरलाई नै गाली गरेका थिए । चेन अफ कमाण्डमा चल्ने संगठनमा इन्सपेक्टर आदेश नै नमानी उल्टै गालीगलौचमा उत्रिएपछि उनलाई कारबाहीस्वरुप हत्कडी लगाइएको प्रहरी स्रोत बताउँछ। त्यही विषयलाई लिएर उनले हंगामा मच्चाएका छन् । यो विषयमा प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको छ । बर्दीमै रक्सी चोरी गर्दा पनि जागिरबाट नहटाउँदा अहिले उनको कारण संगठन नै बदनाम हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्