Logo
Logo

भीम रावलको प्रश्न- अमेरिकी सहायक बिदेशी मन्त्रीसँग ठुला नेताले भेटवार्ता गर्नैपर्ने रहस्य के हो ?


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् ।

एक दिने नेपाल भ्रमणका लागि शुक्बार काठमाडौं आएका अमेरिकी बिदेश सहायक मन्त्री डोनाल्ड लुले शुक्रबार नै प्रधानमन्त्री लगायत शिर्ष नेताहरुसँग भेटघाट गरेपछि नेता रावलले आफनो टिप्पणी सार्बजनिक गरेका हुन् ।

उनले आज शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै अमेरिकी सहायक मन्त्री आउँदा प्रधानमन्त्रीदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो ? भन्दै प्रश्न गरेका छन् । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना समयमै सम्पन्न गर्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने भन्दै गरिएको भेटवार्तामा नेता रावलले उक्त परियोनामा अमेरिकाको स्वार्थ लुकेको आशंका व्यक्त गरेका छन् ।

‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्न्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन ?’ रावलको प्रश्न छ ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो ?’ उनले भनेका छन् ।

सहायक बिदेश मन्त्री डोनाल्डले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी राउदसँग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्