Logo
Logo

१० करोड ४ लाखको अचार निर्यात



काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १० करोड ४ लाख २८ हजार रुपैयाँको अचार निर्यात भएको छ । १ लाख ५० हजार ५१६ किलो अचार अस्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, अमेरिका, बेलायतमा निर्यात भएको हो ।

भन्सार विभागका अनुसार सबैभन्दा बढी अचार ३ करोड १४ लाख ३४ हजार रुपैयाँ बराबरको ३९ हजार ४२० किलो अचार अमेरिकामा निर्यात भएको छ । सबैभन्दा कम ४ लाख ८६ हजारको ४८० किलो अचार हङकङमा निर्यात भएको विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षको सोही अवधिमा (साउनदेखि जेठसम्म) २ करोड ६९ लाख ९४ हजार रुपैयाँ बराबरको ४२ हजार २९३ किलो अचार अस्ट्रेलिया, बेल्जियम, हङकङ र जापानमा निर्यात भएको थियो ।

सबैभन्दा बढी १ करोड ९० लाख ६५ हजारको ३१ हजार ९७१ किलो अचार अस्ट्रेलियामा निर्यात भएको थियो । गत आर्थिक वर्षभर जम्मा ३ करोड ८६ लाख ६४ हजार रुपैयाँ बराबरको ५९ हजार ९८४ किलो अचार निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्