Logo
Logo

एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल


819
Shares

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको छ । 

शनिबार बसेको पार्टीको सचिवालय बैठकले बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिए पनि बागमतीको इन्चार्ज तोकिएको थिएन । 

सचिवालय बैठकले केही पार्टी विभागहरूमा सदस्य थप गरेको छ । बैठकले साउन १५ भित्र पार्टी सदस्यको प्रमाणीकरण सकेर प्रदेश अधिवेशनमा लाग्ने निर्णय गरेको छ । बैठकले विभिन्न समसामयिक ६ वटा प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्