काठमाडौं । प्रहरीले सहकारी पीडितमाथि धरपकड गरेको छ । आइतबार सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध गरेको भन्दै प्रहरीले धरपकड गर्दै केही पीडितहरुलाई नियन्त्रणमा लिएको छ ।

सहकारी पीडितहरुले आइतबार माइतीघर क्षेत्रमा ¥याली निकाल्ने क्रममा सडकमा अवरोध पुगेपछि त्यहाँको सडकमा केहीबेर यातायात अवरुद्ध भएको थियो ।
सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर बोकेर पीडितहरु प्रदर्शनमा उत्रिएका थिए । सहकारी क्षेत्रको समस्याका कारण देशभरका सहकारी पीडितहरु आन्दोलरत छन् ।














