काठमाडौं । काठमाडौं जिल्ला अदालतले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न अनुमति दिएको छ ।

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उनीहरुलाई अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद दिएको हो ।
यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यससँगै पक्राउ परेकाहरु बढीमा कुल १९ दिन हिरातमा रहिसकेका छन् ।
‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म पक्राउ पर्नेहरुमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ । उनलाई प्रहरीले असार १२ गते पक्राउ गरेको थियो ।
त्यस्तै, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह, शाखा अधिकृत धर्मप्रसाद गौतम, अवकाश प्राप्त खरिदार गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी सर्वेक्षक घमानकुमारी कार्की, नक्कली मोही बाबुराजा महर्जन, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख मेशकुमार पोखरेर, मोही देव नारायण महर्जन रहेका छन् ।
त्यस्तै, समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख लोकहरी घिमिरे, नापी सर्वेक्षक ध्रुबप्रसाद अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नासु डिल्लीबजार मालपोतका योगराज पौडेल, पूर्व खरिदार डिल्लीबजार मालपोतका नारायणदास मिश्र, भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका सिडिई बालकृष्ण श्रेष्ठ र समरजङ्ग कम्पनीका सह लेखापाल विनोद पौडेल रहेका छन् ।
त्यस्तै, स्टे अर्डरमा छुटेकाहरुमा डिल्लीबजार मालपोतका प्रमुख कलाधर देउजा, अधिकृत सुरेन्द्रमान कपाली, शाखा अधिकृत हुपेन्द्रमणि केसी रहेका छन् ।











