Logo
Logo

न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै श्रमिकद्वारा प्रदर्शन


630
Shares

काठमाडौं । श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार पु¥याउन माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापन नचल्ने भन्दै प्रमुख सत्तासिन दल नेपाली कांग्रेसनिकट ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम तलब बढाउन माग गर्दै श्रमिकका नेता र अगुवाले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

‘श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार रुपैयाँ निर्धारण गर’ लेखिएको प्लेकार्ड लिएका उनीहरुले ¥याली र विरोधसभा गरे । योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, स्थानीय तहमा श्रमिकहरुको पन्जीकरण गर्नुपर्ने र नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

महासंघका महासचिव अजयकुमार राईले आकासिँदो महँगीको अवस्थामा श्रमिकको जीवनयापन नै कठिन बनेको भन्दै न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउन माग गरिएको बताए । सरकारले हाल तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्