Logo
Logo

प्रभु साहको प्रश्न- बसको भाडा तोक्न हुने वकिलको शुल्क किन नतोक्ने ?


1.3k
Shares

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले वकिलको सेवा शुल्क तोक्न माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद साहले कानुन व्यवसायीहरूको न्यूनतम र अधिकतम सेवा शुल्क तोक्न सरकारसँग माग गरेका हुन् । बैठकमा बोल्दै उनले बस भाडा तोक्ने सरकारले वकिलको शुल्क तोक्नुपर्छ कि पर्दैन भन्दै प्रश्न गरेका थिए ।

वकिलहरूको न्यूनतम र अधिकतम सेवा शुल्क तोक्ने विषयमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्दै उनले भने, ‘नेपालमा बस भाडा पनि सरकारले नियमन गरिरहेको हुन्छ । एउटा फ्याक्ट्रीको उत्पादन पनि सरकारले नियमन गरिरहेको हुन्छ भने वकिलहरूले बहसमा कति पैसा लिने ? लेखनमा कति पैसा लिने ? परामर्शमा कति पैसा लिने ? त्यसको न्यूनतम र अधिकतम पैसा तोक्नु पर्ने हो कि होइन ?’ वकिलहरूले मनपरी शुल्क लिइरहेका कारण सर्वसाधारण मारमा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्