Logo
Logo

विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै रास्वपा र राप्रपाद्वारा सदन अवरोध


3.3k
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेपछि बैठक १५ मिनेटलाई स्थगित भएको हो ।

विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै रास्वपाका सांसदहरूले नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा केहीबेर अवरोध भएको थियो ।

कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाले विरोध जनाएपछि बैठक केहीबेर अवरोध सिर्जना भएको हो ।

सभामुख देवराज घिमिरले कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न समय दिएका थिए । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो ।

सभामुखले पटकपटक आग्रह गर्दा पनि सांसदहरू नबसेपछि सभामुखले विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्