काठमाडौं । नेकपा एमालेले संसदीय विभागमा १३ जना सदस्य थप गरेको छ । शनिबार बसेको सचिवालय बैठकले विभागमा १३ सदस्य थप गरेको हो ।

नयाँ थपिएका सदस्यमा प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, राष्ट्रियसभा सदस्य विमला पौड्याल राई, ज्वाला साह, विद्या भट्टराई, भगवती चौधरी, सुनिता बराल, तारा लामा, लिलानाथ श्रेष्ठ, ठाकुर गैरे, चन्द्रबहादुर विश्वकर्मा, अम्मरबहादुर रायमाझी र किरणकुमार साह रहेका छन् ।
यसअघि एमालेको संसदीय विभागमा राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहाल र राष्ट्रिय सभाका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ थिए । विभागको पार्टी उपमहासचिव प्रमुख पृथ्वी सुब्बा गुरुङ छन् ।











