काठमाडौं । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले अवरोध गरेपछि स्थगित भएको संसद सुचारु भएको छ ।

आइतबारको संसद बैठकमा कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।
सभामुखले पटकपटक आग्रह गर्दा पनि सांसदहरू नबसेपछि सभामुखले विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराएका थिए । तर, रास्वपा र राप्रपाका सांसदहरु रोष्टम घेर्न पुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । आजको संसद बैठकबाट मिटरव्याजीसम्बन्धी विधेयक पारित गर्ने तयारी गरिएको छ ।














