Logo
Logo

‘संसदीय दलको नेताका लागि मौका कुरिरहेको छु’


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री संसदीय दलको नेताका लागि मौका कुरिरहेको बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले संसदीय दलको नेतामा एक पटक प्रतिष्पर्धा गरेपछि अर्को पटक प्रतिष्पर्धा गर्न नपाउने व्यवस्था संसदीय दलको विधानमा नरहेका कारण दलको नेताका लागि मौका कुरिरहेको बताए ।

संसदीय दलको नेता बदलिराख्नुपर्छ भन्ने कुरा आफुले पार्टी सभापति शेर बहादुर देउवाबाटै सिकेको थापाले उल्लेख गरे । थापाले संसदीय दलको नेताका लागि प्रयास गरिराख्नु अनौठो र अस्वभाविक कुरा नभएको जिकिर गरे ।

त्यस्तै, नेपाल ऐन सदनमा प्रस्तुत हुँदा आपती हुन सक्ने भन्दै छलफलका क्रममा आफ्ना धारणा राख्नुपर्ने बताए । आइतबारको बैठकमा रास्वपाले मत बिभाजन माग्ने तयारी भएपनि त्यसको समय आकंलन गर्न नसक्दा संसद अवरुद्ध हुन पुगेको उनले बताए ।

उनले संसद सिक्ने र सिकाउने थलो भएकाले पनि आगामी दिनमा थप परिपक्व हुदै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्