Logo
Logo

गर्मीमा कस्तो कपडा लगाउने ?



काठमाडौं । गर्मी मौसममा कस्तो लुगा लगाउने भन्ने सबैलाई चासोको विषय हुन्छ । गर्मीमा दिनहुँ तापमान बढ्छ । जति गर्मी बढ्यो, उत्तिनै आफ्नो लुगा बोझिलो लाग्छ ।

गर्मीमा पातलो कपडा लगाउनु पर्छ भन्ने त सबैलाई थाहा हुन्छ नै तर पनि कस्तो रंग वा कस्तो कपडा लगाउँदा उपयोगी हुन्छ भन्ने कत्तिलाई थाहा नहुन पनि सक्छ ।

अहिलेको मौसमसँग कम्बिनेसन मिलाउन कलरफुल पहिरन उपयोगी हुन्छ । ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर सितलता प्रदान गर्छ ।

फिटिङ्स लुगा लगाउनु हुन्न । लुज पहिरनले सुहाउँदो र ट्रेन्डी देखिन्छ । कटन मिसिएको सिल्क, शिफोन, लिनन, जाँरजट र हेन्डलुम तथा खादीबाट बनेको लुगा लगाउँदा पसिनाको दुस्प्रभावबाट बच्न सकिन्छ र लगाउँदा पनि सहज हुन्छ ।

दिउँसो कटन तथा फुल स्लब्ज लगाउने भने रात र बिहानको समयमा स्लीवलेस लगाउँदा उपयोगी हुन्छ । युवाहरूले आफ्नो सहजताका हिसावमा कटन पेन्ट र कमिज लगाउँदा राम्रो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्