Logo
Logo

सशस्त्रका तीन डिआईजी जागिर लम्बाउने चलखेलमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ पुस ।
केही प्रहरी अधिकारीले जागिर अवधि लम्बाउनका लागि सशस्त्र प्रहरी नियमावली नै संशोधन गराउने चलखेल अघि बढाएका छन् । अवकाश पाउन लागेका सशस्त्र प्रहरीका तीन नायब महानिरीक्षक(डिआइजी)ले शक्तिकेन्द्रहरुमार्फत यस्तो दबाब दिएका हुन् ।


डिआईजीहरु सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द्र धितालले नियमावली संशोधन गरेर आफ्नो जागिर लम्बाउन खोजेका हुन् । डिआईजीको पाँच वर्षे पदावधिका कारण आगामी साता उनीहरुले अनिवार्य अवकाश पाउँदैछन् । नियमावलीमा डिआईजीको पदावधि पाँचबाट ६ वर्ष बनाएर उनीहरुले जागिर लम्बाउन खोजेका हुन् ।

यसले संगठनलाई असर पार्ने भन्दै गृह मन्त्रालयका अधिकारीहरुले प्रस्ताव अघि बढाउन मानेका छैनन् । तर, ठूला नेताहरुमार्फत नियमावली संशोधन प्रस्ताव अघि बढाउन उनीहरले गृह मन्त्रालयका अधिकारीलाई दबाब दिइरहेका छन् ।
व्यक्तिका लागि नियमावली संशोधन गर्दा गलत नजिर बस्ने र तल्लो तहका प्रहरीको करिअरमा समेत असर पर्ने भएकाले यस्तो प्रस्ताव अघि नबढाउने पक्षमा गृह मन्त्रालयका अधिकारीहरु छन् । एआईजीको दरबन्दी थपको प्रयास सफल नभएपछि उनीहरु नियमावली संधोधनतर्फ लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्