Logo
Logo

बाराबाट व्यापक तस्करी, एसपीविरुद्ध मुख्यालयमा उजुरी




बारा । बारा जिल्लाको सीमा नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भएको भन्दै मुख्यालय हलचोकमा उजुरी परेको छ । १२ नम्बर गण बाराका एसपी टोप बहादुर डांगीको संलग्नतामा तस्करी बढेको उजुरीमा उल्लेख छ ।


उनले तस्करी गराउनकै लागि सहायक हवल्दार लोकनाथ पाठक र रंजित गुप्तालाइ लामो समयदेखि घुमुवा खटाएका छन् । जबकी घुमुवा राख्न नपाइने नियम छ । यस बिषयमा मुख्यालयमा उजुरी परे पनि त्यहाँको अनुगमन तथा गुनासो ब्यबस्थापन छानबिन नगरी मिलाउने प्रयास गरिरहेको छ । घुमुवा नखटाउने संगठनको नीति बिपरित बाहिनिपतिलाइ समेत गलत रिपोर्टिङ गरेर दुई जनालाइ घुमुवा राखिएको गणका एक अधिकृतले जानकारी दिए । आफुलाई तालिममा अब्बल ठान्ने एसपी डांगी फिल्डमा कमजोर देखिएका छन् । उनको कमान्ड कमजोर मात्र होइन असफल भएको सशस्त्र प्रहरी कर्मचारी बताउँछन् । दुबै घुमुवाको दरबन्दी अन्यत्र भए पनि लामो समयदेखि बारामा बस्नु पनि रहस्यमय भएको बताइन्छ ।


उता कोशी प्रदेशमा डिआइजी अन्जनी कुमार पोखरेलका कारण सशस्त्र प्रहरी समस्यामा पर्दै गएको छ । झापा घटनाका कारण संगठन नै बदनाम भएको थियो । अहिले पनि डिआइजीको कारण सशस्त्र प्रहरीको स्थानीय अगुवाहरुसँग सम्बन्ध बिग्रदै गएको छ । लामो समय विदेशमा बसेका डिआइजी पोखरेलको फिल्ड अनुभव कमजोर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्