
काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजे पिसारा ओभल खेल मैदान, कोलोम्बोमा सुरु हुनेछ ।
समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् । यद्धपी, आज प्रतिस्ठाका लागि दुवै टोली एक अर्कासँग आमुने सामुने हुने भएका हुन् ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पिडासहित मैदानमा उत्रन लागेको हो ।
यता युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो ।














