Logo
Logo

आइजिपीको सरुवा प्रचण्डद्वारा बदर ?


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ९ पुस ।
डिआईजी जस्तै प्रहरीको एसपीको सरुवा पनि विवादमा परेको छ । खासगरी चितवनको सरुवा विवादमा परेको हो ।


चितवनका एसपी दानबहादुर मल्ललाई हटाएर गंगा पन्तलाई पठाइएको थियो । यसप्रति नेकपाका अध्यक्ष प्रचण्डको परिवारले असन्तुष्टि जनाएपछि पन्त चितवन जाने सम्भावना कम छ । चितवन प्रचण्डको गृह जिल्ला हो । उनकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर छन् ।
विगतमा प्रचण्डलाई फेसबुकमा श्रद्धाञ्जली लेखेको विषयमा पन्त विवादमा परेकी थिइन् । गृह जिल्लामा सरुवा गर्दा सल्लाह समेत नगरेको बताइएको छ । केही समयलाई दानबहादुर मल्ल नै चितवन बस्ने सम्भावना देखिएको छ । उनी विगतमा प्रचण्डको पिएसओ थिए । तर, चितवनमा राम्रो काम भने गर्न सकेका छैनन् ।
गत साता प्रहरुी महानिरीक्षक सर्वेन्द्र खनालले सात जिल्लाका एसपी हेरफेर गरेका थिए । १० महिनामै एसपीहरुको सरुवा भएपछि कतिपयले अन्सन्तुष्टि जनाएका थिए ।

चितवनमै सरुवा मिलाउनका लागि एसपी पन्त पनि दौडधुपमा लागेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्