
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएईको आठौं विकेट लिएको छ । समूहगत चरणको आफ्नो अन्तिम खेलमा यूएईको आठौं विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् ।
उनले लगातार ६ विकेट लिएका हुन् । पछिल्लो विकेटका रुपमा उनले यूएईका मोहम्मद फराजुद्धिनलाई चार रनको ब्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराए ।
फराजुद्धिन आउट हुँदा यूएईले ३५.२ ओभरमा एक सय ३६ रन बनाएको छ । त्यस्तै नेपालका पवन शर्राफ र कुशल मल्लले पनि एक–एक विकेट लिएका छन् ।














