Logo
Logo

सुन बरामद प्रकरण : यी हुन् पक्राउ परेका व्यक्तिहरू


20.2k
Shares

काठमाडौं । करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।

उक्त प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम खुलेको छ । जसअनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् ।

विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार झण्डै एक सय किलो सुनसहित नियन्त्रणमा लिइएको थियो ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंकमा लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्