Logo
Logo

सुन तस्करी प्रकरणः विमानस्थलको प्रहरी पनि छानबिनमा




काठमाडौं । लामो समयदेखि विमानस्थलबाट सुन तस्करी हुँदै आएको खुलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै निकायमाथि प्रश्न उठेको छ । भन्सार कर्मचारीको त प्रष्ट कमजोरी देखिएकोमा यसमा प्रहरीमाथि पनि आशंका गरिएको छ ।


कार्गाेमार्फत आएको करिब एक सय केजी सुन राजश्व अनुसन्धान विभागले मंगलबार साँझ बरामद गरेको थियो । त्यसमा भन्सारका कर्मचारीमाथि निलम्बन प्रक्रिया अघि बढेको छ । भन्सारमा प्रत्यक्ष रुपमा प्रहरी हुँदैनन् । तर, लागुऔषधको जाँच गर्न एक टोली सधैं खटिएको हुन्छ । साथै घुमुवाहरु समेत खटिएका हुन् । उनीहरुलाई सेटिङ मिलाएको आशंकामा छानबिन सुरु भएको स्रोत बताउँछ । यसअघि पनि प्रहरीलाई सेटिङ मिलाएर तस्करहरुले सुन छिराउने गरेका थिए ।

हाल विमानस्थल प्रहरी प्रमुखमा डिआइजी अर्जुनचन्द ठकुरी कार्यरत छन् । उनी गलत ट्रयाकरेकर्ड भएका प्रहरी होइनन् । तर, तल्लो तहका प्रहरीको मिलेमतो आशंका गरिएको छ ।


विभागले यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ । तस्करीको थप सुन खोज्न विभागको टोली परिचालित छ ।

प्रतिक्रिया दिनुहोस्