Logo
Logo

किशोरीलाई बलात्कार प्रयास गर्ने पुरुष पक्राउ


6.9k
Shares

काठमाडौं । क्याफेमा बोलाएर एक किशोरीलाई बलात्कार प्रयास गर्ने एकजना पक्राउ परेका छन् । जागिर खोजीरहेकी २० वर्षीय किशोरीलाई दाङको तुलसीपुर उपमहानगरपालिका–१५ घर भएका ४१ वर्षीय महेश नेपालीले ग्वार्को स्थित सनराइज क्याफेमा बोलाएर बलात्कार प्रयास गरेका हुन् ।

बुधबार वर्क फ्रम होम ‘घरबाटै काम गर्न मिल्ने’ जागिर मिलाइदिन्छु भनेर नेपालीले किशोरीलाई क्याफेमा बोलाएका थिए । क्याफेमा पुगेपछि एकतलामाथि रहेको कोठामा लगेर आफ्नो हात तानेपछि किशोरीले प्रतिकार गरेकी थिईन् । क्याफेका वेटरले देखेपछि उद्धार गरेर प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीका अनुसार बलात्कार प्रयास गरेको आरोपमा महेश नेपालीलाई पक्राउ गरिएको हो । जिल्ला अदालत ललितपुरले नेपालीलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आरोपित नेपाली ललितपुर महानगरपालिका वडा नम्बर–९ बालकुमारीमा बस्छन् । ललितपुरस्थित बिग मार्टमा काम गर्दा पीडित र नेपालीको बीचमा चिनजान भएको थियो । बिग मार्टमा किनमेल गर्न जाँदा त्यहाँ ‘सेल्सम्यान’ रहेकी किशोरीलाई उनले जागिरको आश्वासन दिएर बोलाएको पीडित परिवारको भनाई छ ।

क्याफेमा पुग्दा योजनाबद्ध रुपमा बसेका महेशले ‘आशिष अधिकारी’को नाममा कोठा बुक गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको हो । महेशले घरमै बसेर ‘एक्सल सिटमा डाटा इन्ट्रि गर्ने काम मिलाइदिन्छु’ भनेर किशोरीलाई सल्लाह गर्न भन्दै होटलमा बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्