Logo
Logo

विवाह मण्डपबाट पक्राउ परेका अनुरागलाई एक लाख धरौटीमा रिहा गर्न आदेश


3.9k
Shares

काठमाडौं । दाइजो मागेको अभियोगमा विवाह मण्डपबाटै पक्राउ परेको अनुराग रौनियार काठमाडौं जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । रौनियारले ५० लाख रुपैयाँ दाइजो मागेको र बेहुली पक्षले त्यतिका रकम दिन असमर्थन जनाएपछि विवाह नै रद्द गर्नेसम्मको धम्की दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

रौनियारविरुद्धको मुद्दामा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले धरौटी छाड्न आदेश दिएको हो । बेहुली पक्षका अनुसार विवाह अघि नै बेहुला पक्षले २२ लाख रुपैयाँ बैंकमा जम्मा गर्न लगाएको दावी गरेको थियो ।

उक्त रकम बेहुलाकी आमा र भाईको बैंक खातामा जम्मा भएको देखिएको थियो । बेहलीका अनुसार इन्गेजमेन्टपछि बेहुला पक्षले आफूहरुसँग पैसा नभएको र विवाह सर्न सक्ने बताएपछि सामाजिक प्रतिष्ठाका लागि उनीहरुले पैसा पठाएका थिए । तर, विवाह भइरहँदा बेहुला पक्षले आफ्नो बेइज्जत गरेको र दाइजो मागेको आरोप बेहुलीको रहेको छ ।

दुलाह पक्षले भने बेहुली पक्षकै आग्रहमा बेहुली र उनको परिवारको सुनचाँदी र कपडा खरिदका लागि २२ लाख रुपैयाँ जम्मा भएको दावी गरेका छन् । बेहुली पक्षले विवाहमा खर्च भएको करिब ४४ लाख रुपैयाँ पैसा पनि बेहुला पक्षसँग माग गरेको छ । अमेरिकाको ग्रिनकार्डधारी बेहुला नेपाल आएको एक महिनामै जेठ ११ गते ती ती युवतीसँग इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्