Logo
Logo

डिल्लीबजार मालपोतका पूर्वप्रमुख सिआइबीद्वारा पक्राउ




काठमाडौं । ललितानिवास जग्गा हिनामिनाको अनुसन्धानका लागि डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख कलाधर देउजा पक्राउ परेका छन् । सिआइबीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो ।


यसअघि सर्वाेच्च अदालत पक्राउ नगर्न दिएको आदेश खारेज भएसँगै उनी पक्राउ परेका हुन् । गत वर्ष १७ जनालाई पक्राउ नगर्न आदेश भएकोमा शुक्रबार सर्वाेच्चले उनीहरुको रिट खारेज गरेको हो । सिआइबीले गत १२ असारमा पनि उनलाई पक्राउ गरेकोमा सर्वाेच्चको आदेश रहेको खुलेपछि छुटेका थिए । पहिले आदेशका आधारमा उन्मुक्ति पाएकाहरु अब धमाधम पक्राउ पर्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्