Logo
Logo

पूर्वगृहमन्त्री पक्राउ गर्ने एसएसपी डा.केसीले लेखे पुस्तक




काठमाडौं । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक(एसएसपी) डा.मनोजकुमार केसीद्वारा लिखित प्रहरीसम्बन्धि पुस्तक विमोचन भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, अवकाशप्राप्त रथी बालानन्द शर्मा र सेन्टर फर पिस एण्ड कन्फिक्ट, कम्बोडियाकी अध्यक्ष डा एम्मा लेस्लीले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा पुस्तकको संयुक्त विमोचन गरेका हुन् । ‘इन्ह्यान्सिङ पुलिसिङ इन नेपाल, ह्युमन सेक्युरिटी इन्फम्र्ड अप्रोच, कन्सेप्ट एण्ड इम्प्लिकेसनस्’ नामक पुस्तकमा सुरक्षा निकायका विधि विषयमा अध्ययन र विश्लेषण गरिएको छ ।

विमोचन कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरीमाथि आम नागरिकमा परम्परागत बुझाई व्याप्त रहेको सो धारणा चिर्न केही हदसम्म पुस्तक सफल हुने बताए । नेपाल प्रहरी फिल्ड ड्यूटीमा मात्रै हैन बौद्धिक क्षेत्रमा पनि सक्षम छ भन्ने दृष्टान्त यस पुस्तक विमोचन समारोहको सन्देश भएको उनको भनाई थियो । साथै पुस्तक नेपाल प्रहरी लगायत देश–विदेशका अन्य सुरक्षा निकायको लागि पनि महत्वपूर्ण दस्तावेज रहने उनको विश्वास छ ।


कार्यक्रममा लेखक डा.केसीले कार्यक्रममा पुस्तकको विषयवस्तु, तथा रिसर्चका लागि अपनाइएका उपायहरु प्रस्तुत गरेका थिए ।
विमोचन कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाशप्राप्त प्रहरी महानिरीक्षकहरु, नेपाली सेनाका उपरथी तथा उच्च प्रहरी अधिकारीहरु सहभागी थिए ।


पुस्तक लेख्ने डा.केसी बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा अभियुक्त पक्राउ गर्नेहरु प्रहरी अधिकृत हुन् । उनले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्