Logo
Logo

सहकारीहरुलाई एकीकृत गर्दै महानगर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ पुस । काठमाडौं महानगरपालिले महानगरभित्रका साना सहकारी संस्थाहरुलाई एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यसै क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालित सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपाले जनाएका छ ।
यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । कामनपाका प्रशासन विभागका प्रमुख नमराज ढकालका अनुसार मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले व्यवस्थापन गर्न एकीकृत प्रणाली लागू गरिएको हो । हाल सञ्चालनमा रहेका एक हजार ८५६ सहकारीलाई एकीकृत गरी ७ सय बनाउने लक्ष्य लिइएको छ ।
सहकारी ऐन २०७४ तथा कामपाको सहकारी ऐन २०७४ मा एकीकृत गर्न सकिने प्रावधान रहेको छ । एकीकृत हुन दुई सहकारी एकअर्कामा तयार रहनुपर्छ । एकीकृत हुने सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । सर्वसाधारणलाई ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्यौट भइसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्