Logo
Logo

खहरेजस्ता पार्टी उदाउँदैमा कांग्रेस आत्तिनु पर्दैन : लेखक


252
Shares

रामेछाप । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ राजनीतिक दलहरूलाई खहरेको संज्ञा दिएका छन् । शनिबार ४१औँ बीपी स्मृति दिवसका अवसरमा रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै उनले नयाँ पार्टीहरू उर्लंदो खहरे जस्तै भएको बताएका हुन् ।

प्रमुख सचेतक लेखकले भने, ‘कांग्रेस मंसिरमा पनि उत्तिकै बग्ने नदीसमान हो, अरु खहरे हुन् मंसिरमा हुँदैनन् । नयाँ पार्टी उदाउँदैमा कांग्रेसीले आत्तिनु पर्दैन ।’

उनले बीपीको विचार कालजयी भएको बताउँदै भने, ‘बीपी कोइरालाले नागरिक र मुलुकको भलो प्रजातान्त्रिक समाजवादबाट मात्र हुन्छ भनेर प्रतिवादन गरेको त्यसबेलाको विचारमा आज सबै अटाउन सक्नु नै उहाँको विचार कालजयी हुनु हो ।’

उनले बीपीको विचारले सबैको विचारलाई जितेको समेत बताए । लेखकले भने, ‘लोकतन्त्रमा विश्वास नगर्ने कम्युनिस्टहरूलाई पनि लोकतन्त्रमा विश्वास गर्ने अवस्था बनायौँ । त्यही भएर बीपीले प्रतिपादन गरेको विचारले सबै विचारलाई जितेको छ ।’

प्रतिक्रिया दिनुहोस्