Logo
Logo

फोहोरसँगै खस्यो मिनीट्रक, दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

नुवाकोट, ११ पुस । नुवाकोटस्थित सिसडोलमा फोहोर बाकेर आउँदै गरेको मिनीट्रक काठमाडौँको तार्केश्वरस्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ ।
फोहर बोकर पासाङल्यामु मार्गबाट नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा दुर्घटना भएको हो । ना२क ३३८ नंको मिनीट्रक दुर्घटना हुँदा नाम खुल्न बाँकी रहेका चालक र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको प्रहरी चौकी तिनपिप्लेका प्रहरी नायब निरीक्षक रेशम थापामगरले जानकारी दिए । उनका अनुसार मिनीट्रक सडकबाट करीब २० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्