Logo
Logo

कांग्रेसकै नेताहरू मलाई चुनाव हराउन लागे : विनोद चौधरी


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले गत मंसिरको चुनावमा कांग्रेसकै नेता(कार्यकर्ता आफूलाई हराउन सक्रिय भएर लागेको बताएका छन्।

गत मंगलबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहेका चौधरीले निर्वाचनको समयमा पार्टीभित्रकै नेता कार्यकर्ताका कारण आफूलाई समस्या परेको पनि बताए।

‘मैले पहिलोपटक जनताबीच प्रत्यक्ष जाने मौका पाएँ। पार्टीले मलाई विश्वास गर्यो। मैले आफ्नो चुनावको अनुभव राख्दा, एउटा ठूलो तप्का चुनावमा कसरी जिताउनेभन्दा पनि कसरी रोक्ने, छेक्ने, कसरी विरोधको वातावरण बनाउने अनि कसरी अफ्ठ्यारो पार्ने खालका गतिविधिमा लाग्यो’, उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा त कसरी विरोधी उम्मेदवार विजयी गराउने भन्ने काममै पार्टीका केही व्यक्तिहरु प्रत्यक्ष संलग्न भए। यसका प्रमाण निर्वाचनकै बेला छरपष्ट भइसकेका छन्।’

उनले आफूले निर्वाचनका बेला अत्यन्तै दुर्भाग्यपूर्ण स्थितिको अनुभव गरेको बताए। उनले नयाँ पार्टीहरुका कारण चुनौती थपिँदै गएको पनि बताएका छन्। यस्तोमा कांग्रेस एकढिक्का हुनुको साटो आफ्नै पार्टीका कतिपय नेताहरुबाट असहयोग हुनुले स्थिति झनै गम्भीर रहेको उनले बताए।

उनले रास्वपालाई लक्षित गर्दै नयाँ पार्टीहरुले ठूलो संख्यामा सदस्य बाँडिरहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्