Logo
Logo

पहिलो आवासीय घरकर्जाको सीमा बढ्यो


7k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गामा बैंकहरुबाट प्रवाह हुने कर्जामा केही लचिलो नीति लिने संकेत गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत पहिलो आवासीय घरकर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड पु¥याइएको छ ।

त्यस्तै, घरजग्गा कर्जाको जोखिमभारलाई पनि घटाउने संकेत गरिएको छ । ‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ’ मौद्रिक नीतिमा उल्लेख छ ।

हाल यस्तो जोखिमभार १५० प्रतिशत छ । यसको अर्थ अब बैंकहरुले घरजग्गामा कर्जा दिँदा कर्जा रकमको १५० प्रतिशत रकम जोखिम व्यवस्थापन गर्नुपर्नेछ । यसलाई घटाउने राष्ट्र बैंकले संकेत गरेको छ ।

हाल जोखिमभार १५० प्रतिशत हुँदा घरजग्गामा जाने कर्जा निरुत्साहन गरेको भन्दै खुकुलो नीति लिन राष्ट्र बैंकलाई दवाव परेको थियो । जोखिम भार १०० प्रतिशतमा झार्न घरजग्गा व्यवसायीले माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्