काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक परिचयपत्र (स्मार्ट कार्ड)का विषयमा आएका गुनासाप्रति मन्त्रालय गम्भीर रहेको बताएका छन् ।

यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको पोशाक तथा परिचयपत्र वितरण कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले स्मार्टकार्ड नआएसम्म अस्थायी सवारी चालक परिचयपत्र वितरण गर्ने तयारी भएको बताएका हुन् ।
उनले इम्बोस्ड नम्बरको जडान सरकारको एउटा महत्वपूर्ण आयोजना भएकाले यसलाई सबैले सहयोग गर्नुपर्ने मन्त्री ज्वालाको भनाइ थियो । त्यस्तै मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक तथा सहचालकको बोली र व्यवहारमा परिवर्तन हुनुपर्ने बताए ।
मन्त्रालय र महासंघ नेपालले आयोजना गरेको सरसफाइ कार्यक्रमलाई सधैँका लागि निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।














