Logo
Logo

सरकारको भ्रष्टाचारविरुद्ध अभियानमा अखिल क्रान्तिकारीकाे साथ


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थनका लागि भन्दै हस्ताक्षर अभियान सुरु गरेको छ ।

भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमबाट पछि नहट्न र यसलाई निरन्तर अघि बढाउन आम नागरिकको समर्थनका लागि भन्दै अखिल क्रान्तिकारीले हस्ताक्षर अभियान सुरु गरेको हो ।

काठमाडौंको माइतिघरबाट सुरु भएको हस्ताक्षर अभियान देशैभर सञ्चालन गर्ने अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बताइन् । भुटानी शरणार्थी प्रकरणदेखि बिमानस्थल सुन प्रकरणसम्ममा सरकारलाई पछि नहट्न दवाव दिने उद्देश्यले पनि हस्ताक्षर अभियान सुरु गरिएको उनको भनाइ छ ।

उनले भ्रष्टाचारको जरो नओखेलेसम्म सुशासन र समृद्धि हासिल गर्न असम्भव भएकाले यसलाई निरन्रता दिनुपर्ने जिकिर गरिन् ।

आइतबार सुरु गरिएको हस्ताक्षर अभियानमा सहभागीले भ्रष्टाचारविरुद्ध सरकारको कदम, युवा विद्यार्थीको साथ रहनेछ हरदम, जहाँ हुन्छ भ्रष्टाचार त्यहा हुन्छ प्रतिकार, ए भ्रष्टाचारी कस्तो लाग्दै छ ? जेलको भारी, प्रचण्ड सरकारको सुशासनको बाटोबाट भ्रष्टाचारीहरु हटाउँछ लगातका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्